इलाम-२ मा पहिचानवादीहरुले साझा उम्मेदवार उठाउने

इलाम क्षेत्र नं. २ मा हुने उपनिर्वाचनमा पहिचान पक्षधरहरुले साझा उम्मेदवार उठाउने भएका छन् ।

गत पुस २६ र २७ गते धरानमा सम्पन्न प्रदेश नं. १ पुनः नामांकन संयुक्त संघर्ष समितिको बैठकले इलाम क्षेत्र नं. २ मा हुने उपनिर्वाचनमा पहिचानवादीहरु एकताबद्ध भएर साझा उम्मेदवार उठाउने निर्णय गरेको हो ।

सो क्षेत्रमा नेकपा एकालेका उपाध्यक्ष तथा पूर्वसभामुख सुवास नेम्वाङ निर्वाचित भएका थिए । उनको निधनपछि हाल सो क्षेत्र रिक्त छ ।

बैठकले २०७९ फागुन १७ गते डकैती शैलीमा प्रदेश नं. १ को नाम कोशी प्रदेश राखेको भन्दै फागुन १७ लाई कालो दिनको रुपमा मनाउने उक्त दिन प्रदेशमा आम हडताल गर्ने निर्णय पनि गरेको छ ।

बैठकले पहिचानको आन्दोलनलाई सशक्त बनाउन जिल्ला जागरण अभियान अन्तर्गत आगामी माग १३ गते प्रदेशको १४ वटै जिल्लामा प्रशिक्षण तथा भेला गर्ने, सरकारी तथा गैरसरकारी कार्यालयहरुमा कोशी प्रदेश नामको बोर्ड, लेटरप्याड स्ट्याम्प चलाइएको भए हटाउन अनुरोध गर्र्ने नहटाए आफैले हटाउने मेटाउने निर्णय पनि गरेको छ ।

बैठकले इलाम जेलमा पुर्पक्षमा रहेका आशिष साम्बा लिम्बुको रिहाइको पहल गर्न र घटनामा अर्को कुनै पक्ष दोषी भए अध्ययन गरेर कारबाहीका लागि सम्बन्धित निकायलाई सिफारिस गरी सहयोग गर्ने गरी नेपाल जनमुक्ति पार्टीका महासचिव पदम जवेगुको संयोजकत्वमा जसपाबाट टुपेन्द्र येक्तेन र किरात राई यायोक्खा इलाम अध्यक्ष पुष्पा राई सदस्य रहेको अध्ययन टोली समेत गठन गरेको छ ।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img