दलमर्दन कामीले खोले नयाँ पार्टी, यी हुन् १९ पदाधिकारी

जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य दलमर्दन कामीले पार्टीबाट अलग भएर नयाँ पार्टी ‘संयुक्त नागरिक पार्टी’ निर्माण गरेका छन् ।

केही दिनयता ‘उत्पीडितहरुको नेतृत्वमा पार्टी निर्माण अभियान’ सुरु गरेका उनले हाल आफ्नै नेतृत्वमा १९ पदाधिकारीसहित २५ सदस्यीय ‘संयुक्त नागरिक पार्टी’को तदर्थ समिति घोषणा गरेका हुन् ।

पदाधिकारीहरुमा वरिष्ठ उपाध्यक्षदेखि वरिष्ठ नेतासम्म छन् ।

वरिष्ठ नेता जसपाकै पूर्वनेतृ कमला हेमचुरीलाई बनाइएको छ । महासचिव विदुर अधिकारीलाई बनाइएको छ ।

यस पार्टीको प्रथम राष्ट्रिय भेला आगामी फागुन ५, ६ र ७ गते गरिने छ ।

अध्यक्ष कामीले जातीय, धार्मिक, सांस्कृतिक, भौगोलिक लगायत विभेद र बहिष्करणबाट मुक्त गरी सार्वभौम राष्ट्रिय राज्य निर्माणका लागि आफ्नाे पार्टीमा एकताबद्ध हुन अनुराेध गरेका छन् ।

पार्टीको झन्डा, लोगो, दस्तावेज तथा घोषणापत्र, विधान आदि केही पनि डकुमेन्ट निर्माण गरिएकाे छैन ।

तस्बिर अध्यक्ष कामीकाे फेसबुकबाट

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

1 COMMENT

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्