सहिद पदम लाजेहाङकाे परिवारलाई ५ लाख राहत दिइने

कोशी प्रदेश सरकारले काेशी नाम खारेजीकाे आन्दोलनमा मृत्यु भएका सहिद पदम लाजेहाङ (लिम्बु) काे परिवारलाई ५ लाख राहत दिने निर्णय गरेको छ ।

बुधबार बसेकाे मन्त्रीपरिषदको बैठकले आन्दोलनका क्रममा घाइते भएकाहरुको छानबिनका लागि समिति गठन गर्न आन्तरिक मामिला तथा कनुन मन्त्रालयलाई जिम्मेवारी दिने निर्णय पनि गरेकाे छ ।

समितिले आन्दोलनका घाइतेको पहिचान गरेपछि उपचार लगायतको विषयमा प्रक्रिया अघि बढाइने प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री शमशेर राईले जानकारी दिए ।

आन्दोलनमा प्रहरीकाे लाठीचार्जबाट टाउकाेमा चाेट लागेर घाइते भएका ४२ वर्षीय लाजेहाङकाे १० चैत २०७९ मा उपचारकाे क्रममा मृत्यु भएकाे थियाे ।

आन्दोलन प्रदेश नं १ पुनः नामांकन संयुक्त संघर्ष समितिले आयाेजना गरेकाे थियाे ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्