म बेदाग भएर मन्त्रालयबाट निस्किएँः पूर्वमन्त्री किराती

पूर्व संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आफू बेदाग भएर मन्त्रालयबाट निस्केकाे बताएका छन् ।

बिहीबार प्रतिनिधिसभाकाे बैठकपछि पत्रकारहरुसँग बाेल्दै उनले आफूमाथि कुनै पनि दाग नलागेकाे बताए ।

पछिल्लाे समय नेपालमा सरकारका मन्त्रीहरु कुनै न कुनै भ्रष्टाचार वा अनियमितताका विषयमा मुछिने गरेकाेमा मन्त्री किरातीले आफू बेदाग भएकाे दाबी गरेका हुन् ।

‘अहिलेको जटिल परिस्थितिमा अनुभवी मन्त्रीको आवश्यकता छ । यो जटिलतामा संकट मोचनका निम्ति ढुंगालाई पार लगाउनको निम्ति अनुभवी मन्त्रीको जरुरी छ,’ पत्रकारहरुसँग उनले भने, ‘प्रधानमन्त्रीले टिम मिलाउनु भएको छ । म भन्दा पनि अनुभवी हुनुहुन्छ उहाँहरु । मन्त्रालयबाट निस्किँदा म खुसीसाथ निस्किन पाएँ । किनकि, म बेदाग फर्किएँ । ममाथि दाग लागेन ।’

नेता किरातीले ४१३ दिन मन्त्री पदमा बसेर धेरै काम गरिएकाे र त्यसकाे परिणाम निस्कने बेला भएकाे पनि बताए ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्