जनता समाजवादी पार्टी सम्बद्ध पाँच जनवर्गीय संगठनहरू गठन गरिएको छ ।
बुधबार ललितपुरको च्यासलस्थित ज्यापु प्रज्ञा भवनमा एक कार्यक्रमको आयोजना गरी समाजवादी किसान महासंघ, नेपाल बौद्धिक पेसाकर्मी महासंघ, समाजवादी आदिवासी जनजाति महासंघ, संघीय समाजवादी खेलकुद महासंघ र संघीय कानुन व्यवसायी महासंघको घोषणा गरिएको हो ।
समाजवादी किसान महासंघको अध्यक्षमा भाग्य नारायण यादव, नेपाल बौद्धिक पेसाकर्मी महासंघको अध्यक्षमा अर्जुन श्रेष्ठ, समाजवादी आदिवासी जनजाति महासंघको अध्यक्षमा योगराज वनेम लिम्बू, संघीय समाजवादी खेलकुद महासंघको अध्यक्षमा नेत्र नेम्वाङ, र संघीय कानुन व्यवसायी महासंघको अध्यक्षमा दिपक राई रहेका छन् ।
कार्यक्रममा पार्टीका संघीय परिषद अध्यक्ष राजेन्द्र श्रेष्ठ प्रमुख अतिथि थिए भने केन्द्रीय समितिका अध्यक्ष अशोक राई विशेष अतिथि थिए ।
गत वैशाखमा पार्टी विभाजन भएपछि अशोक राई नेतृत्वको जसपाले हाल यी जनवर्गीय संगठनहरूको गठन गरेको हो ।








