प्रतिगमनविरुद्धको अभियानमा लामबद्ध हुन प्रचण्डको अपिल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिगमनविरुद्धको अभियानमा लामबद्ध हुन सम्पूर्ण क्रान्तिकारी कम्युनिष्टहरुसँग अपिल गरेका छन् ।

विश्व सर्वहारा वर्गका महान् नेता लेनिनको जन्मजयन्ती तथा नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसरमा आज शुभकामना दिँदै प्रचण्डले क्रान्तिकारी, वामपन्थी र प्रगतिशील शक्तिहरु एकताबद्ध हुँदै प्रतिगमनका विरुद्धको अभियानमा लामबद्ध हुन अपिल गरेका हुन् ।

उनले कम्युनिष्ट आन्दोलनमा चल्ने अन्तरसंघर्षले विभिन्न समयमा पार्टीभित्रका विकृति विसंगतिलाई संघर्षको माध्यमद्वारा किनारा लगाउने गरेको समेत उल्लेख गरेका छन् ।

उनले भनेका छन्, ‘ती विकृति गैरकम्युनिष्ट पश्चगामी प्रवृत्तिका रुपमा मूल प्रवाहबाट बाहिरिने गरेका छन् । यसको पछिल्लो कडीका रुपमा घोर प्रतिगामी प्रवृत्ति देखा परेको छ ।’

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्