माओवादी केन्द्रका सबै कमिटीमा ३३% महिला १५% दलित र २०% युवा राखिने

नेकपा माओवादी केन्द्रले आफ्नाे सबै कमिटीहरुमा ३३ प्रतिशत महिला समावेश गर्ने निर्णय गरेको छ ।

माओवादी नेता जनार्दन शर्माका अनुसार मंगलबार बसेको पार्टीको स्थायी कमिटीको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सबै कमिटीहरुमा ३३ प्रतिशत महिला, १५ प्रतिशत दलित र २० प्रतिशत युवा राख्ने प्रस्ताव गरेका थिए ।
बैठकले अध्यक्ष प्रचण्डको प्रस्ताव पारित गरेको छ ।

युवाहरु ४० वर्षभन्दा मुनिका हुनेछन् । पार्टीको केन्द्रीय कमिटी बढीमा २९९ सदस्यीय हुनेछ । सबै जिल्लामा २० प्रतिशत युवा हुनुपर्नेछ ।

गत २३ फागुनको सर्वोच्च अदालतको फैसलापछि तत्कालिन नेकपा नेकपा एमाले र नेकपा माओवादी केन्द्र कायम भएकाे थियाे ।

केपी ओली नेतृत्वको एमाले र प्रचण्ड नेतृत्वको माओवादी एकता गरी नेकपा गठन गरिएको थियो । तर नेकपा नामको पार्टी पहिल्यै ऋषि कट्टेल नेतृत्वको पार्टीको नाम थियो ।

कट्टेलले तत्काल आफू अन्यायमा परेको भन्दै रिट हालेपछि सर्वोच्चले गत फागुन २३ गते फैसला गर्दै नेकपाको आधिकारिकता कट्टेल नेतृत्वलाई दिएको थियो ।

जसबाट एमाले र माओवादी केन्द्र पूर्ववत् अवस्थामा पुगेका हुन् ।

माओवादी केन्द्र कमजोर बन्दै गएपछि हाल तत्काल लागू हुने गरी पार्टीको सबै कमिटीहरुलाई समावेशी बनाउने निर्णय गरिएको हो । माओवादीको यो निर्णय लागू भए माओवादीप्रतिको आकर्षण बढ्नेछ ।

 

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्