Thursday, March 23, 2023

‘संविधानले पहिचान र आत्मनिर्णयको अधिकार सुनिश्चित गरेको छ’

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान संविधानले पहिचान र आत्मनिर्णयको अधिकार सुनिश्चित गरेको बताएका छन् ।

अध्यक्ष प्रचण्डले आज मुस्लिम समुदायको महान् चाड ‘इद उल फित्र’को अवसरमा शुभकामना दिँदै संविधानले पहिचान र आत्मनिर्णयको अधिकार सुनिश्चित गरेको बताएका हुन् ।

नेपालका उत्पीडित आदिवासी जनजातिहरुले पहिचानसहितको संघीयता, आत्मनिर्णयको अधिकारसहितको स्वायत्त प्रदेशलगायत माग राख्दै आएको बेला अध्यक्ष प्रचण्डले संविधानले पहिचानको मुद्दा सम्बोधन गरेको बताएका हुन् ।

उनले हाल नेपाली जनताको बलिदानीपूर्ण संघर्षबाट प्राप्त हक र अधिकारमाथि प्रतिक्रियावादीहरुले प्रहार गरिरहेको समेत बताएका छन् ।

‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको वर्तमान संविधानले नेपाली बहुसंस्कृतिको सम्मान गर्दै पहिचान र आत्मनिर्णयको अधिकार सुनिश्चित गरेको छ,’ उनले भनेका छन्, ‘अहिले नेपाली जनताको बलिदानीपूर्ण संघर्षबाट प्राप्त हक र अधिकारमाथि प्रतिक्रियावादीहरुबाट प्रहार भइरहेको छ । परिवर्तनविरोधी प्रतिगामी शक्तिका विरुद्ध एकताबद्ध र सचेत संघर्षमा उत्रिन आव्हान गर्दै विश्वभर फैलिएको कोरोना महामारीबाट बच्न स्वास्थ्य सुरक्षाका सबै मापदण्ड अपनाइ सुरक्षित रहन सबैमा आग्रह पनि गर्दछु ।’

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्