ओलीले ठीक गर्दैछन्, एकल जातीय कम्युनिष्ट दललाई आर्यघाटतिर लाँदैछन्

प्राध्यापक महेन्द्र लावतीले नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले जे गरिरहेका छन् त्यो ठीक गरिरहेका छन् भनेका छन् ।

अमेरिकास्थित मिचिगन युनिभर्सिटीका राजनीतिक शास्त्रका प्राध्यापक लावतीले प्रधानमन्त्री ओलीको पछिल्लो कदमबारे फेसबुकबाट छोटो प्रतिक्रिया जनाएका हुन् ।

प्रधानमन्त्री ओलीले नेपालको एकल जातीय कम्युनिष्ट पार्टीलाई आर्यघाटतिर लगिरहेको उनको भनाइ छ ।

‘नेपाली संस्कार र राजनीतिः आशेहरुलाई आश देखाइदिए पुग्छ । लात ठोक्यो, फेरि आश देखाइदियो ठीक भइहाल्छन्,’ लावतीले लेखेका छन्, ‘मलाई चाहिँ ओलीले एउटा कुरा चाहिँ ठीक गर्दैछ जस्तो लाग्छ– एकल जातीय कम्युनिष्ट दललाई आर्यघाटतिर घिसार्दैछ ।’

प्रधानमन्त्री ओलीले हाल असन्तुष्ट रहेका माधव नेपाल समूहलाई विश्वासमा लिएका छन् भने आफ्नाे पद बचाउन उनले जनता समाजवादी पार्टीका महन्त ठाकुर समूहलाई आफ्नाे पक्षमा बनाउन सफल भएका छन् ।

ठाकुरले पार्टीको निर्णय र विधान विपरीत ओलीलाई सघाएपछि हाल जसपा विभाजन हुने अवस्थामा पुगेको छ ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img
spot_img

याे पनि पढ्नुस्