महन्थ-राजेन्द्रलाई उपेन्द्रको प्रश्नः मधेशका ११ मागमध्ये ओलीले के के पूरा गरे ?

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले मधेसमाथि फेरि पनि केपी ओलीबाट धोका हुने दाबी गरेका छन् ।

अध्यक्ष यादवले फेसबुकबाट ११ बुँदे माग अघि सार्दै केपी ओलीले के के माग पूरा गरिदिए ? भनी पार्टीका अर्का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोलाई प्रश्न समेत गरेका छन् ।

यादवकाे प्रश्न छ, ‘केपी ओलीले मधेसीहरुका सबै माग मुद्दाहरू पूरा गर्छन् भन्ने स्वघोषित मधेसी नेताले भन्नुपर्छ, यीमध्ये कुन कुन माग पुरा गरिदिए ? नत्र झुठो बोलीमा मधेसीहरुलाई भ्रममा पारी धोका दिने र आफ्नो स्वार्थ पूर्ति गर्ने काम नहोस् ।’

यादवले भनेका ११ बुँदाः

१. आत्मनिर्णयको अधिकारका साथै स्वायत्त मधेश प्रदेशसहित पहिचानमा आधारित (१०+१) प्रदेशकाे स्थापना ।

२. समानुपतिक निर्वाचन प्रणाली ।

३. शासन (प्रशासन, न्यायपालिका, सेना, प्रहरी, कर्मचारीतन्त्र आदिमा सामुदायिक र जातीय जनसंख्याको आधारमा समानुपातिक समावेशीकरण ।

४. सरकारी कामकाजी भाषामा समान (बहुभाषिक नीति) ।

५। मधेसी समुदायको राष्ट्रिय पहिचानको मान्यता ।

६. दलित, महिला र उत्पीडित समुदायको लागि आरक्षण र सामाजिक न्यायको व्यवस्था ।

७. राज्यद्वारा प्रदान गरिने सेवा, सुबिधा र अवसरमा समान पहुँचको प्रत्याभूति ।

८. वर्ग, वर्ण, लिङ्ग, जात र जातिका आधारमा हुने शोषण, उत्पीडन र विभेदकाे अन्त्य ।

९. नागरिकता समस्याको समाधान ।

१०. जल, जङ्गल र जमिनमाथिको अधिकार ।

११. संविधान संशोधन गरी राष्ट्रिय समस्याहरुको समाधान ।

१२. मधेस र थरुहट आन्दोलनको दौरानमा लगाइएका मुद्दाहरुको खारेजी, रेशम चौधरीलगायत सम्पूर्ण राजबन्दीहरुको रिहाइ ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्