प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली नागरिकका लागि बेलायत सरकारसँग काेराेनाकाे खाेप मागेका छन् ।

बिहीबार सिंहदरबारमा प्रधानमन्त्री ओली र बेलायती राजदूत निकाेला पाेलिटबीच भेटवार्ता हुँदा प्रधानमन्त्री ओलीले नेपाली नागरिकका लागि बेलायत सरकारसँग काेराेनाकाे खाेप मागेका हुन् ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले बिहीबार सिंहदरबारमा प्रधानमन्त्री ओली र बेलायती राजदूत पाेलिटबीच भेटवार्ता भएकाे र साे क्रममा नेपालकाे तर्फबाट बेलायत सरकारसँग खाेप माग गरिएकाे बताए ।

थापा अनुसार भेटवार्तामा दुई देशबीचको आपसी सम्बन्ध, कोभिड–१९ विरुद्धको लडाईंमा परस्पर सहयोगको आदानप्रदान लगायतबारे कुराकानी भएकाे हाे ।

Please enter your comment!
Please enter your name here