देशमा दीर्घकालिन असर पर्ने कुनै काम नगर्न ओली सरकारलाई चेतावनी

विपक्षी गठबन्धनले देशमा दीर्घकालिन असर पर्ने खालको कुनै किसिमको काम कारवाही नगर्न प्रधानमन्त्री केपी ओलीलाई चेतावनी दिएको छ ।

आज नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका दुर्गा पौडेलले संयुक्त वक्तव्य जारी गरी प्रधानमन्त्री ओलीलाई यस्तो चेतावनी दिएका हुन् ।

प्रतिनिधिसभाको पुनःस्थापना र प्रतिनिधिसभाका १४९ सदस्यहरुको हस्ताक्षरमा विकल्प प्रधानमन्त्रीका रुपमा आफूहरुले दाबी गरिरहेको अवस्थामा देश र जनतालाई दीर्घकालिन असर पर्ने कुनै किसिमको काम कारवाही नगर्न विपक्षी गठबन्धनले ओली सरकारलाई चेतावनी दिएको हो ।

संयुक्त वक्तव्य जारी गर्नुअघि कांग्रेस सभापति देउवाको निवास बुढानिलकण्ठमा गठबन्धनको बैठक बसेको थियो । बैठकपछि वक्तव्य जारी गरिएको हो ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्