विमानस्थलको नाम परिवर्तन गरिएकोमा याक्थुङ लेखक संघको आपत्ति

याक्थुङ लेखक संघले ताप्लेजुङको सुकेटार विमानस्थल र तेह्रथुमको चुहानडाँडा विमानस्थलको नाम परिवर्तन गरिएकोमा आफूहरुको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

काम चलाउ सरकारले गत जेठ १५ गते आर्थिक वर्ष २०७८/७९ काे बजेट सार्वजनिक गर्दै सुकेटार विमानस्थललाई ‘रवीन्द्र अधिकारी विमानस्थल’ र चुहानडाँडा विमानस्थललाई ‘आङछिरिङ शेर्पा विमानस्थल’ बनाउने घोषणा गरेको थियो ।

संघले हिजो एक प्रेस विज्ञप्ति जारी गरी सरकारको कदमको विरोध जनाएको हो ।

संघले अरुण, तमोर र दुधकोसीको त्रिवेणीमा रहेको किरात समुदायको आस्थाको केन्द्र खुवालुङ हटाउने उदेश्यले बजेट व्यवस्था गरिएकोमा पनि विरोध जनाएको छ ।

संघले खोकना अतिक्रमण गर्ने, मुक्कुमलुङमाथि अतिक्रमण गरी औपनिवेश लाद्ने, खुवालुङ तोड्ने, झापाको आदिवासी रंगशाला विस्थापन गर्ने सरकारले नस्लवादी चिन्तनले ग्रसित भएर बजेट ल्याएको उल्लेख गरेको छ ।

संघले एकल जातिवादी नस्लवादी सरकारविरुद्धको मोर्चामा एकताबद्ध भएर प्रतिरोधमा उत्रिन आह्वान समेत गरेको छ ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्