Monday, November 28, 2022
10.6 C
Diktel

नेपाल बहुल राष्ट्रिय राज्य नै होः राजेन्द्र श्रेष्ठ

Subtitle

जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठले नेपाल ‘राष्ट्रिय राज्य’ नै रहेको बताएका छन् । बहुजाति, बहुभाषा, बहुसंस्कृति र ऐतिहासिक पृष्ठभूमि रहेकाे जुनसुकै देश बहुराष्ट्रिय राज्य हुने उनको भनाइ छ ।

कुनै देश एकात्मक होस् वा संघात्मक, यदि त्यो देशमा बहुजाति, बहुभाषा, बहुसंस्कृति र ऐतिहासिक पृष्ठभूमि छ भने त्यो देशलाई ‘बहुराष्ट्रिय राज्य’ नै भनिने श्रेष्ठले बताएका हुन् ।

उनले नेपाललाई बहुराष्ट्रिय राज्य नबनाएकै कारण नेपालका उत्पीडित राष्ट्रियताहरुका लागि वर्तमान संविधान स्वीकार्य नभएको बताए ।

फेसबुकमा बहुराष्ट्रिय राज्यबारे प्रष्ट पार्दै नेता श्रेष्ठले संघीय राज्य भनेको राज्यभित्रको राज्यको सैद्धान्तिक अवधारणा रहेको पनि जनाए ।

उनले भनेका छन्, ‘केन्द्रलाई संघ–राज्य र प्रदेशहरुलाई राज्य (अमेरिका, भारत, पाकिस्तान, माइक्रोनेसिया, पलाउ आदि) वा प्रान्तीय राज्य भन्ने चलन छ । संघ र प्रदेश दुवैमा विधायिकी, कार्यकारी र न्यायिक तीनवटै अंग हुने भएकोले नै संघीयतालाई राज्यभित्रको राज्यको अवधारणाको रुपमा व्याख्या गर्ने गरेको हो ।’

उनले नेपाल संघीयतामा जानुको मुख्य कारण विविधताको एकताको लागि भएको उल्लेख गरेका छन् ।

‘नेपाल संघीयतामा जानुको मुख्य कारण देशको आकार ठूलो भएर होइन, विविधतामा एकताका लागि हो,’ श्रेष्ठको भनाइ छ, ‘यो मान्यतालाई विश्वमा एकसाथ रहिरहने संघीयता (होल्डिङ टुगेदर फेडेरलिज्म) भन्ने गरेको छ ।’

श्रेष्ठको भनाइः

१. संयुक्त राष्ट्र सङ्घको मान्यताको दृष्टिले नेपाल राज्य-राष्ट्र (State-Nation) हो । एकात्मक मुलुक होस वा सङ्घीय बहु जाति, भाषा, संस्कृति र ऐतिहासिक पृष्ठभूमि रहेका मुलुकहरू बहुराष्ट्रिय राज्य (Multinational State) नै हो । देशको संविधानले स्विकार्छ कि स्विकार्दैन त्यो बेग्लै कुरा हो । नेपालको संविधान उत्पीडित राष्ट्रियताहरूका लागि स्विकार्य नहुनुको एउटा कारण यो पनि हो । संविधानले स्विकार नगर्दैमा नेपाल राष्ट्र-राज्य(Nation-State) अर्थात एकल जातीय राज्य बन्न सक्दैन ।

२. सङ्घीय राज्य भनेको राज्यभित्र राज्य (State within State) को सैद्धान्तिक अवधारणा हो । केन्द्रलाई सङघ-राज्य र प्रदेशहरूलाई राज्य (अमेरिका, भारत, पाकिस्तान, माइक्रोनेसिया, पलाउ आदि) वा प्रान्तीय राज्य भन्ने चलन छ । सङ्घ र प्रदेश दुबैमा विधायिकी, कार्यकारी र न्यायिक ३ वटै अङ्ग हुने भएकाले नै सङ्घीयतालाई राज्यभित्र राज्यको अवधारणाको रूपमा व्याख्या गर्ने गरेको हो ।

३. नेपाल सङ्घीयतामा जानुको मुख्य कारण देशको आकार ठूलो भएर होइन, विविधतामा एकताका लागि हो । यो मान्यतालाई विश्वमा एक साथ रहिरहने सङ्घीयता (Holding-Together Federalism) भन्ने गरेको छ । यस्तो सङ्घीयतालाई नेपालमा समुन्नत सङ्घीयता वा पहिचानसहितको सङ्घीयता भन्ने गरेको छ ।

 

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्