प्रेस स्वतन्त्रतामाथि अंकुश लाउन खाेजिएकाे भन्दै पाँच पत्रकार संगठनद्वारा विराेध

सरकारले प्रेस काउन्सिल नेपालमाफर्त प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउने षडयन्त्र सुरु गरेको भन्दै पाँचवटा पत्रकारजन्य संगठनका प्रतिनिधिहरुले गम्भीर आपत्ति जनाएका छन् ।

सोमबार प्रेस मञ्च नेपालका अध्यक्ष केशव अर्याल‚ प्रेस युनियन नेपालका अध्यक्ष बद्री सिग्देल‚ प्रेस संगठन नेपालका अध्यक्ष महेश्वर दाहाल‚ प्रेस चौतारी नेपालका उपाध्यक्ष विश्वमणि सुवेदी र प्रगतिशील पत्रकार संघ नेपालका सचिव श्यामलाल पाख्रेलले संयुक्त प्रेस विज्ञप्ति जारी गरी काम चलाउ सरकारको रुपमा रहेको केपी ओली नेतृत्वको सरकारले प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउन खोजेको भन्दै सोको भण्डाफोर गर्न आग्रह गरेका हुन् ।

ओली सरकारले भर्खरमात्र प्रेस काउन्सिलको अध्यक्षमा बालकृष्ण बस्नेतलाई नियुक्त गरेको छ ।

सरकारले नेपाल पत्रकार महासंघको सुझाव र परामर्शका आधारमा मात्र प्रेस काउन्सिलको अध्यक्ष नियुक्त गर्नुपर्ने कानुनी प्रावधानलाई उल्लंघन गरेको उनीहरुको भनाइ छ ।

‘प्रेसको समाचार सामग्री नियमन गर्ने काउन्सिल जस्तो संस्थाको बोर्डमा केपी ओली नेतृत्वको सरकारले एकलौटी रुपमा आफ्‌नो कार्यकर्ता मात्र नियुक्ती गरेको छ । नेपाली पत्रकारको साझा संस्था पत्रकार महासंघलाई समेत मानमर्दन हुने गरी गरिएको नियुक्तीले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकार कुण्ठित गर्न राज्य तल्लिन रहेको पुष्टि गरेको छ‚’ विज्ञप्तिमा भनिएको छ ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्