उपत्यकामा चौध दिनदेखि निःशुल्क खाना वितरण गर्दै समाजवादी युवा संघ

जनता समाजवादी पार्टीको युवा संगठन समाजवादी युवा संघले हाल काठमाडौं उपत्यकाको विभिन्न स्थानमा कोभिड–१९ बाट प्रभावित निम्न वर्गका मानिसहरुलाई निःशुल्क रुपमा खाना वितरण गरिरहेको छ ।

समाजवादी युवा संघले ‘कोभिड रेस्पोन्स टिम’ खडा गरी कोरोना महामारीमा खाना नपाएर कसैले ज्यान गुमाउन नपरोस् भन्ने उदेश्यका साथ १४ दिनदेखि ‘भोको पेटलाई निशुल्क भोजन तथा खाद्यान्न वितरण अभियान’ सञ्चालन गरिरहेको छ ।

संघका वरिष्ठ उपाध्यक्ष हेमन्त राईका अनुसार कोभिड रेस्पोन्स टिमले हरेक दिन २०० देखि ६०० जनासम्मलाई दाल, भात, तरकारी लगायत खाना खुवाउने काम गरिरहेको छ ।

उनले आफूहरुको टिमले काठमाडौंको जोरपाटी, बेसीगाउँ, जम्बुडाँडा, गुहेश्वरी, बालाजु, विष्णुमती पुल, वीर अस्पताल, भद्रकाली मन्दिर, तिलगङ्गा, नयाँ वस्ती, गौरीघाट, मैपी, भक्तपुरको सानोठिमी र ललितपुरको महालक्ष्मीथानमा खाना वितरण गरिरहेको बताए ।

यो क्रम लकडाउन अवधिर जारी रहने उनको भनाइ छ ।

उपाध्यक्ष राईले सुरुमा आफूहरुले नै पैसा उठाएर खानाको व्यवस्था गरी वितरण गर्न थालेको र हाल अन्य व्यक्तिहरुले पनि सहयोग गरिरहेको बताए ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img
spot_img

याे पनि पढ्नुस्