‘दीपक मनाङ्गेहरु’ सुध्रिन चाहन्छन् भने किन बञ्चित गर्ने?

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले राजीव गुरुङ (दीपक मनाङ्गे)ले नयाँ जीवन र नयाँ भूमिका चाहन्छन् भने उनलाई अवसर दिनुपर्ने बताएका छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका नेता भट्टराईले आइतबार फेसबुक पेजमा राजीव गुरुङसँगको तस्बिर सेयर गर्दै गण्डकी प्रदेशका मन्त्री बनेका राजीव गुरुङसँग आफूले भेटेको विषयमा अन्यथा लिन नहुने समेत बताएका छन् ।

‘राजीव गुरुङ (दीपक मनाङ्गे) अहिले गण्डकी प्रदेशको मन्त्री बनेपछि र यसक्रममा मसँग पनि भेटेपछि मिडियामा विभिन्न टीकाटिप्पणी भएका छन्, यसलाई अन्यथा मान्नुहुन्न,’ उनले भनेका छन्, ‘मेरो सुविचारित र अनुभवजन्य मान्यता छ–कुनै पनि मान्छे जन्मजात अपराधी हुन्न । समाज/राज्यले मान्छेलाई अपराधी बनाउँछ । साथै वर्गीय/जातीय/लैंगिक विभेद भएको समाजमा राज्य/समाजको बर्चश्वशाली तप्काले उत्पीडित/बहिष्किृत तप्कालाई सहजै अपराधी बनाइदिन सक्छ । अतः अपराध/अपराधी एक सापेक्ष अवधारणा हो ।’

राजीव गुरुङहरुले नयाँ जीवन र नयाँ भूमिका चाहन्छन् भने किन बञ्चित गर्ने भनेर प्रश्न गर्दै भट्टराईले उल्लेख गरेका छन्, ‘मैले २०५९/६० सालको दोस्रो वार्ताकालमा देशका विभिन्न जेल/बन्दीगृहको भ्रमण गरेपछि भनेको थिएँ–नेपालमा धेरै जेलमा बस्नुपर्ने मान्छे सत्ताको कुर्सीमा वा घरमा बसेका छन्, अनि खुला रुपमा रहनुपर्ने मान्छे जेलमा छन् । त्यही सोंचका साथ आफू प्रम छँदा मैले जेलसुधार निम्ति तत्कालीन सांसद देवी खड्काको संयोजकत्वमा एउटा उच्चस्तरीय आयोग बनाएको थिएँ, जसको प्रतिवेदन अझै कार्यान्वयन हुन सकेको छैन ।’

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्