Tuesday, September 26, 2023

हामीलाई धोका दिने पृथ्वीसुब्बा गुरुङले अहिले आफैले धोका पाएः ओम गुरुङ

आदिवासी जनजाति आन्दोलनका अगुवा ओम गुरुङले आफूहरुलाई धोका दिने पृथ्वीसुब्बा गुरुङले अहिले आफैले ठूलो धोका पाएको टिप्पणी गरेका छन् ।

नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको पक्षमा लाग्दै आएका गुरुङ हाल गण्डकी प्रदेशको मुख्यमन्त्रीबाट पदच्युत हुनु परेको छ ।

‘जनजाति आन्दोलनका बेला पृथ्वीसुब्बा गुरुङलाई काँध बोकेर हिडियो । आन्दोलनकै भरमा उनलाई अन्तरिम कालको पर्यटन तथा संस्कृतिमन्त्रीको कुर्सीमा बसाइयो । संविधानसभाको निर्वाचनमा विजय गराउन जनतालाई आह्वान गरियो,’ ओम गुरुङले फेसबुकमा लेखेका छन्, ‘तर संविधानसभाको निर्वाचनपछि उनले जनजाति आन्दोलनलाई ठूलो धोका थिए । अहिले उनी आफैले ठूलै धोका पाएका छन् । यो उनको नियतिको भोगाइ हो ।’

उनले नेपालमा हालसम्म दलाल पुँजीवादी राज्यव्यवस्था रहेकोले पृथ्वीसुब्बा गुरुङहरुजस्ता मान्छे रहिरहने तर्क गरेका छन् ।

मोहन वैद्य नेतृत्वको माओवादी निकट रहेका गुरुङले भनेका छन्, ‘तर स्पष्ट हुनुपर्ने कुरा के हो भने यो दलाल पुँजीवादी राज्य व्यवस्था रहेसम्म चाकडी र चुकलीको भरमा जो जे पनि हुन सक्छन् । त्यसै उन (पृथ्वीसुब्बा गुरुङ)को आरोह अवरोहमा मलाई न हर्ष न विस्मत । किनभने दलाल पुँजीवादी व्यवस्थाका नेताहरु जनताप्रतिभन्दा मालिकप्रति बढी बफादार हुन्छन् ।’

कृपया, साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरेर लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्