महन्थ ठाकुरविरुद्ध किर्ते मुद्दा दर्ता गरिँदै

जनता समाजवादी पार्टीनिकट कानून व्यवसायीले महन्थ-महतो समूहविरुद्ध अदालतमा किर्ते जालसाजी मुद्दा दर्ता गर्ने तयारी गरेका छन् ।

अल्पमतमा परेका जसपाका अध्यक्ष महन्थ ठाकुरले अर्कै प्रयोजनका लागि गरेको हस्ताक्षरको दुरुपयोग गरेको भन्दै संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, अर्का अध्यक्ष उपेन्द्र यादव समूहनिकट कानून व्यवसायीले अदालतमा मुद्दा दर्ता गर्न लागेका हुन् ।

भट्टराई-यादव समूहको तर्फबाट संघीय कानून व्यवसायी संघका अध्यक्ष दिपक राई लगायतका अधिवक्ताहरुले मुद्दा दर्ताको लागि तयारी सुरु गरेका छन् ।

‘अर्काे प्रयोजनको लागि पहिले नै भएको हस्ताक्षर महन्थ ठाकुर लगायतले दुरुप्रयोग गरेर निर्वाचन आयोगमा पेस गर्नु भएछ,’ अधिवक्ता राईले भने, ‘किर्ते जालसाजी लिखतसम्बन्धी कसुरमा जिल्ला अदालतमा मुद्दा हाल्न लागेका छौं । यस्तो कसुरचाहिँ दुनियावादी फौजदारी मुद्दाको रुपमा दर्ता मिल्छ, यही अनुसार दर्ता गर्न लागेका छौं । यसमा महन्थ ठाकुरलाई विपक्षी बनाउँछौं ।’

जसपाको भट्टराई–यादव समूहले आफ्नो समूह जसपाको आधिकारिक भएको दाबी गर्दै निर्वाचन आयोगलाई पत्र बुझाइसकेको छ ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्