फक्ताङलुङ गाउँपालिकामा याक्थुङ भाषालाई कामकाजी भाषा बनाउन जसपाको माग

फक्ताङलुङ गाउँपालिकामा याक्थुङ (लिम्बु) भाषा र सिरिजंगा लिपिलाई सरकारी कामकाजको भाषा बनाउन माग गरिएको छ ।

जनता समाजवादी पार्टीले गाउँपालिकामा याक्थुङ भाषा र सिरिजंगा लिपिलाई सरकारी कामकाजको भाषा बनाउन माग गरेको हो ।

जसपा फक्ताङलुङ गाउँ समितिका अध्यक्ष डम्बर लाबुङले हिजो याक्थुङ भाषालाई सरकारी कामकाजको भाषा बनाउनलगायत ८ बुँदे मागसहित गाउँपालिकालाई ध्यानाकर्षणपत्र बुझाएका हुन् ।

जसपाले गाउँपालिकाका सबै सरकारी कार्यालयहरुको बोर्ड पनि याक्थुङ भाषामा लेख्नुपर्ने, गाउँपालिकामा रहेका अन्य मातृभाषाहरुको अध्ययन अध्यापन, संरक्षण र प्रवद्र्धनका लागि बजेटको व्यवस्था गर्नुपर्ने, सामुदायिक विद्यालयहरुमा मातृभाषाको अध्ययनका लागि शिक्षकको दरबन्दी व्यवस्था गनुपर्ने लगायत छन् ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्