मास्क नलगाउँदा अष्ट्रेलियाका उपप्रधानमन्त्रीलाई जरिवाना

अष्ट्रेलियाका उपप्रधानमन्त्री बर्नाबी जोसेलाई मास्क नलगाएको भन्दै प्रहरीले जरिवाना गरेको छ ।

सत्तारुढ गठबन्धनको एक घटक नेसनल पार्टीका मुख्य नेता समेत रहेका जोसेलाई स्थानीय प्रहरीले लकडाउनको समयमा न्यु साउथ वेल्स राज्यको उत्तर पश्चिमी आर्मिडेलको पेट्रोल पम्पमा पेट्रोल भरेपछि सर्भिस सेन्टरभित्र मास्क नलगाई बसेको भेटेपछि जरिवाना गरेका हुन् ।

“मास्कविना भेटिएका ती भद्र महाशयले प्रहरीलाई क्षमायाचनासहित विनम्रतापूर्वक सहयोग गरे, उनलाई दुई सय डलरको जरिवाना तोकियो,” स्थानीय प्रहरीले भनेका छन् ।

उपप्रधानमन्त्री जोसेले आफू विमानस्थल जान ढिला भएकोले श्रीमतीका लागि गाडीमा तेल हाल्न ओर्लेको र सर्भिस सेन्टरभित्र छिरेको ३० सेकेन्डमा आफू प्रहरी कारवाहीमा परेको स्वीकार गरेका छन् ।

अष्ट्रेलियामा कोरोना संक्रमण बढ्न थालेपछि न्यु साउथ वेल्स, क्विन्स्ल्याण्ड, पश्चिम अस्ट्रेलिया र नथर्न टेरिटोरीमा प्रतिबन्धहरु लगाइएको छ ।

मास्क सबै सार्वजनिक स्थानहरु तथा यातायातमा अनिवार्य गरिएको छ ।

सिङ्गो सिड्नी सहर र वरपरको बस्तीका करिब ५० लाख अष्ट्रेलियालीलाई अहिले सरकारले ‘घरै बस्ने’ आदेश जारी गरेको छ ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्