संसद पुनःस्थापना हुनासाथ राष्ट्रपतिमाथि महाअभियोग लगाउनुपर्छः वरिष्ठ अभिवक्ता श्रेष्ठ

वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले संसद पुनःस्थापना भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाअभियोग लगाउनुपर्ने बताएका छन् ।

सर्वोच्च अदालतबाट संसद पुनःस्थापना हुने विश्वास व्यक्त गर्दै पूर्वमहान्यायाधिवक्ता समेत रहेका श्रेष्ठले भने, ‘राष्ट्रपति आफ्नाे भूमिकाबाट चुक्नुभाछ । उहाँ संविधानको संरक्षक र पालकको हैसियतले उहाँले खेल्नुपर्ने भूमिका खेल्नुभाछैन । त्यसैले त हामीले एउटा प्रश्न उठाएका छौं, अब प्रतिनिधिसभा पुनःस्थापना भयो भने राष्ट्रपतिलाई महाअभियोग लगाउनुपर्छ ।’

अभिवक्ता श्रेष्ठले आज काठमाडौंमा आयोजित कार्यक्रममा यो कुरा बताएका हुन् ।

उनले इतिहासमा राष्ट्रपतिलाई महाअभियोग लगाइएको घटना दर्ज गर्नका लागि भए पनि राष्ट्रपति भण्डारीलाई महाअभियोग लगाउनुपर्ने बताए ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्