कांग्रेस, एमाले, माओवादी ‘पहाडे पार्टी’ नहुने, जसपाचाहिँ ‘मधेसी पार्टी’ हुने ?

जनता समाजवादी पार्टीलाई मधेसी पार्टी भन्नेहरुलाई डा. बाबुराम भट्टराईले कडा प्रश्न गरेका छन् ।

जसपाका संघीय परिषद् अध्यक्ष समेत रहेका उनले खस–आर्यहरुको बाहुल्यता भएको कांग्रेस, एमाले र माओवादी चाहिँ पहाडे पार्टी नहुने तर मधेसीहरुको संख्या अलिक बढी भएको जसपा भने मधेसी पार्टी हुने ? भनी प्रश्न गरेका छन् ।

नेता भट्टराईले हिजो एक ट्वीट गर्दै जसपालाई मधेसी वा क्षेत्री पार्टी भन्नेहरुलाई प्रश्न गरेका हुन् ।

‘खस आर्य समुदायको अत्यधिक बाहुल्य रहेको कांग्रेस, एमाले, माओवादी चाहिँ पहाडे पार्टी नहुने तर मधेसी समुदायको संख्या अलि बढी भएको जसपा भने मधेसी वा क्षेत्री पार्टी हुने ! यो कस्तो मानसिकता हो ?’ उनले लेखेका छन्, ‘यस्तो तालले बहुल जातीय/क्षेत्रीय पहिचान भएको देशमा सच्च राष्ट्रिय एकता कसरी कायम होला ?’

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्