ओली विदा भए तर ओली प्रवृत्ति सबैतिर कायम छ हैः डा. बाबुराम भट्टराई

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले केपी ओली विदा भए पनि ओलीप्रवृत्ति कायम रहेको बताएका छन् ।

नेता भट्टराईले कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारलाई ओली प्रवृत्ति विरुद्ध लड्न शुभकामना दिँदै यो कुरा बताएका हुन् ।

उनले ओली प्रवृत्ति सबैतिर कायम रहेको बताएका छन् ।

उनले राज्यदोहन गरेर आसेपासे पोस्ने क्रोनी क्यापिटलिजम नै नेपालको अर्थतन्त्रको मूल प्रवाह रहेको र बाहिर राष्ट्रवाद भित्र गुलामी राष्ट्रिय चरित्र रहेको भन्दै यसविरुद्ध लड्नुपर्ने बताएका हुन् ।

‘ओली विदा भए तर ओली प्रवृत्ति सबैतिर कायमै छ है !,’ भट्टराईले हिजो ट्वीट गर्दै भनेका छन्, ‘अर्धज्ञान र अहंकारको घातक ककटेल हाम्रो संस्कृति ! राज्यदोहन गरेर आसेपासे पोस्ने क्रोनी क्यापिटलिजम हाम्रो अर्थतन्त्रको मूलप्रवाह ! बाहिर राष्ट्रवाद भित्र गुलामी राष्ट्रिय चरित्र ! नवगठित सरकारलाई यसविरुद्ध लड्न शुभकामना !’

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्