प्रधानमन्त्री शेरबहादुर देउवाले आजै विश्वासको मत लिने भएका छन् ।
सर्वोच्च अदालतले २८ असारमा पुनस्र्थापना गरेको संसदको बैठक आज बोलाइएको छ । प्रधानमन्त्री निकट स्रोतका अनुसार आजकै बैठकमा विश्वासको मत लिने तयारी छ ।
केहीबेरमा सभामुख अग्नी सापकाेटाले कार्यव्यवस्था परामर्श समितिकाे बैठक बाेलाएका छन् ।