सक्कली कागजात पेस गर्न ठाकुरलाई निर्वाचन आयोगको निर्देशन

निर्वाचन आयोगले आफूलाई केन्द्रीय कार्यकारिणी समिति फेरबदल गर्न पाउने गरी पार्टीको केन्द्रीय कार्यकारिणी समितिको पदाधिकारीहरुले निर्णय गरी अधिकार दिएको सक्कल कागजात पेस गर्न महन्थ ठाकुरलाई निर्देशन दिएको छ ।

जनता समाजवादी पार्टीको आधिकारिकताको विवाद आयोगमा पुगेपछि अध्यक्ष ठाकुरले २०७७ पुस ७ गते पार्टीको कार्यकारिणी समितिले आफूलाई कार्यकारिणी समिति फेरबदल गर्ने अधिकार दिएको दाबी गरेका थिए ।

हाल आयोगले आफूलाई उक्त अधिकार दिने गरी पार्टीले गरेको निर्णयको सक्कली कागजात बुझाउन ठाकुरलाई निर्देशन दिएको हो ।

जसमा कार्यकारिणी समितिको पदाधिकारीहरुको उपस्थितिसहित निर्णयको सक्कल कागजात पेस गर्न भनिएको छ ।

आयोगले जसपाका अर्का अध्यक्ष उपेन्द्र यादवलाई पनि अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, कार्यकारिणी समिति सदस्य लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई पार्टीको साधारण सदस्य समेत नरहने गरी गरिएको कारवाहीको सक्कल प्रमाण पेस गर्न आदेश दिएको छ ।

जसपाको यादव समूहले २०७८ जेठ २० गते ठाकुरसहित चार नेतालाई पार्टीबाट कारवाही स्वरुप निष्कासन गरेको थियो ।
जसमा ५१ सदस्यीय केन्द्रीय कार्यकारिणी समितिका ३० जना सदस्यहरुले हस्ताक्षर गरेका थिए ।

जसपाको आधिकारिकताको विवादबारे आयोगले हिजो थप निर्णय गर्दै यादव र ठाकुर दुवै पक्षलाई यही साउन ५ गतेभित्र सक्कल कागजात पेस गर्न निर्देशन दिएको हो ।

यादव समूहले ठाकुर लगायतलाई कारवाही गरेपछि ठाकुर समूहले पनि २०७८ जेठ ३० गते उपेन्द्र यादवलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरिएको दाबी गरेका थिए ।

आयोगले उक्त निर्णयको पनि सक्कल प्रमाण माग गरेको छ ।

आयोगले दुवै पक्षलाई साउन ६ गते बिहान १० बजे सुनुवाइका लागि तारेखमा बस्ने आधिकारिक प्रतिनिधि पठाउन निर्देशन दिएको छ ।

पार्टीको नीति, विचार र निर्णयविपरीत नेकपा एमालेका अध्यक्ष तथा तत्कालिन प्रधानमन्त्री केपी ओलीलाई सहयोग गरेपछि कारवाहीमा परेको ठाकुर समूहले हाल किर्ते कागजात खडा गरी आधिकारिक पार्टीको दाबी गरिरहेका छन् ।

ठाकुरले केन्द्रीय कार्यकारिणी समिति फेरबदल गर्न पाउने गरी पार्टीले आफूलाई अधिकार दिएको दाबी गरे पनि त्यो बहुमतको निर्णय थिएन ।

त्यसबेला जसपाको कार्यकारिणी समितिको ५१ मध्ये १८ जना मात्र ठाकुरको पक्षमा रहेको बताइएको छ । दुई जना कार्यकारिणी समिति अनुपस्थित थिए ।

हाल पार्टीको संसदीय दलमा पनि अल्पमत (३२ सांसदमध्ये १३ जना मात्रै ठाकुरको पक्ष)मा परेका ठाकुर समूहले किर्ते कागजात बनाएर निर्वाचन आयोगमा सोको प्रतिलिपि पेस गरेको अधिवक्ता दीपक राईले बताए ।

यादव समूहका अधिवक्ता रहेका राईले आफूहरुले निर्वाचन आयोगसमक्ष केन्द्रीय कार्यकारिणी सदस्यहरुकै सनाखतको माग गरेको तर हालकाे चरणमा आयोगले सक्कल कागजात मात्र मागेको बताए ।

निर्वाचन आयोगले अब दुवै पक्षलाई तीन/तीन जना मात्र कानुन व्यवसायी राख्न दिने र दुवै पक्षलाई दुई/दुई घण्टा इजलासमा बहस गर्न समय दिने लगायत निर्णय गरेको छ ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्