जसपाको आधिकारिकता यादव पक्षले पाउने निश्चित

जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता उपेन्द्र यादव पक्षले पाउने निश्चित भएको छ ।

जसपा आधिकारिकताको विवाद टुङ्ग्याउन निर्वाचन आयोगले पार्टीको केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरुलाई सनाखतका लागि साउन ११ गते बिहान ११ बजे सक्कली नागरिकतासहित उपस्थित हुनू भनेको छ ।

आयोगले केन्द्रीय कार्यकारिणी समितिको सदस्यहरुको ‘हेड काउन्ड’ गरेपछि बहुमतको आधारमा विवाद टुङ्ग्याउन लागेको हो ।

केन्द्रीय कार्यकारिणी समितिमा यादव पक्ष बहुमतमा रहेको छ । ५१ सदस्यीय समितिमा यादव पक्षमा ३० जना छन् ।

उनीहरुले यसअघि नै आयोगमा आफ्नाे हस्ताक्षर बुझाएका थिए ।

जसपाको यादव पक्ष र महन्थ ठाकुर पक्ष दुवैले आफूहरु नै आधिकारिक पार्टी रहेको दाबी आयोगमा पेस गरेका थिए ।

ठाकुर पक्षले २०७७ पुस ७ गतेको निर्णयलाई आधार मानेर आधिकारिकताको दाबी गरेका थिए ।

पुस ७ गते आफूलाई केन्द्रीय कार्यकारिणी समिति फेरबदल गर्ने निर्णय गरेर अधिकार दिएको ठाकुरको जिकिर छ ।

उनले आफू अनुकूल केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरु थपघट समेत गरेका छन् ।

तर, आयोगले भने तत्कालिन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी एकीकृत भएर गतवर्ष असार १२ गते आयोगमा बुझाइएको केन्द्रीय कार्यकारिणी समितिलाई नै आधार मानेर सदस्यहरुलाई सनाखतका लागि उपस्थित हुन निर्देशन दिएको हो ।

राजनीतिक दलसम्बन्धी ऐनमा पार्टीको केन्द्रीय समितिमा बहुमत हुने पक्षले दलको आधिकारिकता पाउने र अल्पमतमा हुने पक्षलाई नयाँ पार्टी दर्ताका लागि अवसर दिइने व्यवस्था छ ।

यसअघि आयोगले सक्कली कागजात बुझाउन दुवै पक्षलाई निर्देशन दिएको थियो ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्