हुतिहारा सरकारले न राजदूतलाई केरकार गर्यो न मोदीलाई गुहार्यो

लेखक खगेन्द्र संग्रौलाले भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले तुइन काटेर जयसिंह धामीलाई महाकाली नदीमा डुबाइदिएको घटनाममा भारतीय पक्ष पानीमाथिको ओभानो हुन खोजिरहेको बताएका छन् ।

भारतीय पक्षले जयसिंह धामी आफै चिप्लेर महाकालीमा खसेको भनी जोगिन खोजेको समाचार आएपछि संग्रौलाले आज ट्वीट गर्दै नेपाल सरकार पनि हुतिहारा भएको बताए ।

‘भारतीय सीमा सुरक्षा बलले पैले गोविन्द सिंहलाई गोली मार्याथ्यो, अहिले तुइन काटेर जयसिंहलाई महाकालीमा डुबायो,’ उनले लेखेका छन्, ‘जल्दारले ह्याक्साले लठ्ठा काट्या देख्ने साक्षी कल्याणसिंह धामी छन्, भारतीय पक्ष पानीमाथि ओभानो हुन खोज्दैछ, हुतिहारा सरकारले न राजदूतलाई केरकार गर्यो न मोदीलाई गुहार्यो ।’

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img