जसपामा ‘एक व्यक्ति एक पद’ लागु नभएपछि ११४ केन्द्रीय सदस्यहरुकाे हस्ताक्षर

आफूलाई देशकै वैकल्पिक तथा अग्रगामी राजनीतिक शक्तिको रुपमा स्थापित गर्न चाहने जनता समाजवादी पार्टी, नेपालले आफैले बनाएको विधान र निर्देशिका भने पालना गरेको छैन ।

जसपाले विधानमै उल्लेख गरी ‘एक व्यक्ति एक पद’को नीति लिने घोषणा गरेको थियो । तर, जसपा निर्माण भएको डेढ वर्ष पुग्न लाग्दा पनि उक्त नीति कार्यान्वयनमा आएको छैन ।

विधान तथा निर्देशिका अनुसार एक व्यक्ति एक पदको नीति कार्यान्वयन नभएपछि गत भदौ १ र २ गते काठमाडौँमा राखिएको केन्द्रीय समितिको बैठकमा ११४ जना केन्द्रीय सदस्यहरुले हस्ताक्षर संकलन बुझाएका छन् ।

बैठकमा ४०२ जना सहभागी भए पनि ११४ जनाले मात्र हस्ताक्षर गरेको केन्द्रीय सदस्य भूपेन्द्र नेम्वाङले बताए ।

उनीहरुले पार्टीको अन्तरिम विधानको धारा ५९ र २०७७ साउन २१ देखि २४ गतेसम्म ललितपुरमा बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकबाट पारित समायोजन निर्देशिका–२०७७ मा उल्लेख गरिएको एक व्यक्ति एक पदको व्यवस्था कार्यान्वयनका लागि केन्द्रीय समितिको बैठकबाट समेत निर्णय गर्नुपर्ने भन्दै अध्यक्ष उपेन्द्र यादवलाई हस्ताक्षर बुझाएका हुन् ।

जसपाको अन्तरिम विधानको धारा ५९ मा भनिएको छ, ‘पार्टीले सामान्यतः एक व्यक्ति एक प्रमुख जिम्मेवारीको नीति लिनेछ । पदेन बाहेक माथिल्लो समितिका व्यक्तिहरु तल्लो समितिमा र तल्लो समितिका व्यक्तिहरु माथिल्लो समितिमा रहन पाउने छैनन् ।’

जसपाभित्र माथिल्लो समिति र तल्लो समिति दुवैमा पद ओगटेर बस्ने नेताहरु धेरै छन् ।

ती नेताहरुले कुनै एक पदमात्र लिनुपर्ने भएकोले कडाइका साथ विधान पालना गर्न नचाहेको सहज अनुमान गर्न सकिन्छ ।

वैकल्पिक शक्ति निर्माणको अभियानमा लागेको बताउने नेताहरुमै जताबाट पनि आफैले जिम्मेवारी र अवसर पाउनुपर्ने वा आफू मात्र सक्षम छु भन्ने मनसाय रहेको देखिन्छ ।

हस्ताक्षर बुझाउने केन्द्रीय सदस्यहरुः

केन्द्रीय सदस्यहरुले केन्द्रीय समितिको बैठकबाट पनि विधानको उक्त व्यवस्था कार्यान्वयनका लागि निर्णय गर्न माग गरे पनि सो सम्बन्धी निर्णय गरिएन ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्