प्रचण्ड स्कुल विभाग इन्चार्ज, प्रवक्तामा महरा

नेकपा (माओवादी) केन्द्रले नेताहरूको जिम्मेवारी हेरफेरसहित कार्यविभाजन गरेको छ ।

माओवादी स्थायी कमिटी बैठकपछि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले परिपत्र जारी गर्दै कार्यविभाजन गरेका हुन् ।

सो अनुसार माओवादी प्रवक्तामा पूर्वसभामुख कृष्णबहादुर महरा चयन भएका छन् ।

महराले राष्ट्रिय सुरक्षा विभाग प्रमुखको जिम्मेवारी पनि पाएका छन् । यसअघि पार्टी प्रवक्ता रहेका नारायणकाजी श्रेष्ठ प्रवास समिति इन्चार्ज बनेका छन् ।

स्कुल विभाग इन्चार्जमा अध्यक्ष प्रचण्ड छन् भने प्रमुखमा गिरिराजमणि पोखरेल रहेका छन् । अर्थमन्त्री समेत रहेका जनार्दन शर्मालाई संगठन विभाग प्रमुख बनाइएको छ । केन्द्रीय कार्यालय इन्चार्ज वर्षमान पुन बनेका छन् ।

कृषि तथा भूमिसुधार विभागमा हरिबोल गजुरेल, उद्योग तथा वाणिज्य विभागमा वामदेव क्षेत्री, कृषि तथा आर्थिक व्यवस्थापन विभागमा डोरप्रसाद उपाध्याय, उपभोक्ता हित तथा आपूर्ति विभागमा मातृका यादव, खानेपानी तथा सरसफाइ विभागमा बिना मगर चयन भएका छन् ।

माओवादीले उपत्यका समन्वय, सम्पर्क समिति पनि गठन गरेको छ । न्युज कारखाना

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्