तालिवानले गीत संगीतमा प्रतिबन्ध लगाउने

तालिवानको सत्तामा गीत संगीतमाथि प्रतिबन्ध लाग्ने भएको  छ ।

‘मुस्लिम धर्ममा संगीतमा रोक छ । उनीहरुलाई कर गर्न भन्दा पनि नसुन्नका लागि हामीले विश्वास दिलाउन सक्छौ,’ तालिवान प्रवत्ता जाविहुल्लाह मुजाहिदले न्युयोर्क टाइम्ससँग भने ।

तर, महिलाको सुरक्षालाई लिएर अहिले भइरहेका टिप्पणी गलत भएको मुजाहिदले बताए । महिलाहरु सधै घरभित्र बस्नु नपर्ने र आफ्नो काममा फर्किन सक्ने प्रवत्ता मुजाहिदले बताए ।

सन् १९९० को दशकमा तालिवान शासनकालमा संगीत, टेलिभिजन र सिनेमामाथि कडा प्रतिबन्ध लगाइएको थियो ।

तर, अमेरिकी सरकारले उनीहरुलाई सत्ताच्युत गरेपछि अफगानिस्तानमा गीत संगीतमा उल्लेख्य प्रगति भएको छ । न्युज कारखाना 

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्