राज्य पुनःसंरचना आयोगकाे प्रतिवेदनकाे आधारमा ११ प्रदेश बनाउनुपर्छः उपेन्द्र यादव

जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले राज्य पुनःसंरचना सच्याउन आवश्यक रहेकाे बताएका छन् ।

जसपाले आइतबार लुम्बिनी प्रदेशकाे भैरहवामा आयोजना गरेको प्रदेश स्तरीय अभिमुखीकरण कार्यक्रममा यादवले तराई र मधेसका जिल्लाहरुलाई मिसाएर प्रदेशहरु बनाइएकाेले समस्या भएको बताए ।

राज्य पुनःसंरचना गलत हुँदा नागरिकमा भाषाको समस्या भएको उनले बताए । ‘हिन्दीमा बोल्दा पहाडका साथीहरुले, नेपालीमा बोल्दा मधेसका साथीहरुलाई भाषा बुझ्न् गाह्रो हुन्छ, यो राज्य पुनःसंरचना गलत हुँदा भएको हो,’ यादवले भने ।

नेपाल बहुराष्ट्रिय राष्ट्र भएको भन्दै यादवले सबै समुदायको पहिचान र अधिकारका लागि राज्य पुनःसंरचना आयोगको प्रतिवेदनका आधारमा ११ प्रदेश बनाउनुपर्ने बताए ।

‘त्रुटिपूर्ण र विभेदकारी संविधान संशोधन गर्नुपर्छ, सात प्रदेशको संरचना बदल्नुपर्छ,’ उनले भने ।

नेता यादवले निर्वाचन प्रणाली खर्चिलो भएका कारण किसान मजदुरले निर्वाचन लड्न नसकेकाले समानुपातिक निर्वाचन प्रणाली आवश्यक रहेको बताए ।

उनले सबै भाषाको सम्मान गर्दै विभेद र असमानताको अन्त्य गर्नुपर्ने बताए ।

प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली र पूर्णसमानुपातिक संसद हुने शासकीय प्रणाली पार्टीको एजेण्डा रहेको भन्दै यादवले महँगो निर्वाचन प्रणालीमा आमूल परिवर्तन गर्नुपर्ने बताए ।

उनले आफूलाई मधेसको नेता भन्ने महन्थ ठाकुर समूह प्रतिगमनको मतियार बनेको बताए ।

कार्यक्रममा पार्टीका वरिष्ठ नेता अशोक राईले संगठन व्यापक र सुदृढ बनाउन पार्टीको सम्पूर्ण ध्यान केन्द्रित गरिएको बताए ।

आगामी चुनावमा श्रेष्ठता हासिल गर्ने कुरालाई मुख्य प्राथमिकतामा राख्न राईले कर्याकर्तालाई निर्देशन दिए ।

पहिचानसहितको संघीयता, प्रदेशहरु स्वायत्त र अधिकार सम्पन्न तथा केन्द्रको हस्ताक्षेप मुक्त बनाउने पार्टीको नीति रहेको राईले बताए ।

केपी ओलीको सरकार ढलेर नयाँ सरकार बने पनि प्रतिगमन समाप्त नभएको हुँदा सतर्क भएर अघि बढ्नुपर्नेमा राईले जोड दिए ।

उनले जसपा प्रत्यक्ष निर्वाचित रास्ट्रपतीय प्रणालीको पक्षमा रहेको बताए । उनले हिमाल, पहाड र तराई मधेसलाई एकताबद्ध गरी सबै जाति र समुदायलाई समान अधिकार दिने वैकल्पिक पार्टी जसपा मात्र भएको जिकिर गरे ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्