प्रदेश १ मा एमालेका १० जना सांसदले रोजे एकीकृत समाजवादी

प्रदेश १ मा नेकपा एमालेका दश जना सांसदहरुले नेकपा एकीकृत समाजवादी रोजेका छन् । यो सँगै प्रदेशका नवनियुक्त मुख्यमन्त्री भीम आचार्य अल्पमतमा पर्ने निश्चित भएको छ ।

प्रदेश १ मा एमालेका १० जना सांसदहरुले आज निर्वाचन आयोग कार्यालय पुगेर नेकपा एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका छन् ।

जसमा राजेन्द्रकुमार राई, खिनु लङ्बा, सावित्रीकुमारी रेग्मी, राजन राई, गणेशकुमार काम्बाङ, सुनिताकुमारी चौधरी, सरिता थापा, पदमकुमारी गुरुङ, उपेन्द्र घिमिरे र कृष्णकुमारी राई छन् ।

एमालेबाट अलग भएर माधव नेपाल समूहले नेकपा एकीकृत समाजवादी पार्टी गठन गरेपछि हाल एमालेका संघीयदेखि प्रदेश सांसदहरुले आफ्नाे दल रोजिरहेका छन् ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img
spot_img

याे पनि पढ्नुस्