रहेनन् पूर्वका माओ तथा साइनिङ पथ आन्दोलनका नेता गोन्जालो

पेरूको साइनिङ पथ आन्दोलन तथा पूर्वका माओ भनेर चिनिने अबिमाइल गजम्यान गोन्जालको निधन भएको छ । उनको ८६ वर्षको उमेरमा पेरुको एउटा अस्पतालमा निधन भएको हो । आतंकबाद र देशद्रोह अभियोगमा उनलाई सन् १९९२ मा तत्कालिन सरकारले पक्राउ गरी आजिबन काराबासको सजाँय सुनाएको थियो । यही जुलाईमा स्वाथ्यमा समस्या आएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । उनको सुरक्षामा खटिएको प्रहरीको एउटा ठूलो समूह अस्पतालमा तैनाथ गरिएको थियो ।

उनले नेतृत्व गरेको पेरूको माओवादी गुरिल्ला समूह र पेरू सरकारका सेनाबीच भएको एक दशक भन्दा बढी लामो गृहयुद्धमा ७० हजार भन्दा बढी मानिसको मृत्यु भएको थियो । गोन्जालोको पक्राउपछि विद्रोही समूहलाई ठूलो क्षति भएको थियो । समूहका सदस्यहरु अहिले पनि पेरुको केही क्षेत्रमा सक्रिय छन् ।

को हुन गोन्जालो ?

विश्व विद्यालयका पूर्वप्राध्यापकसमेत रहेका गोन्जालोले सन् १९६० को दशकमा माओवादी लडाकू समूह गठन गरेका थिए । सन् १९८० को दशकमा गुरिल्ला समूहमा रुपान्तरण भएको सो समूहले पेरू सरकारबिरुद्ध रक्तपातपूर्ण युद्ध गरेको थियो । दश हजार बढी गुरिल्लाको युद्धका कारण सन् १९८० को अन्ततिर पेरू सरकारले झन्डै घुडाँ टेकेको थियो । एक दशक लामो युद्धमा ७० हजारको मृत्यु भएको थियो । सन् १९९२ मा त्यहाँको एक सैन्य अदालतले गोन्जालो र उनका सहयोगी एलिना इपारागुरीलाई पक्राउ गरी आजिवन काराबासको सजाँय सुनाएको थियो । उनको पक्राउसँगै पेरुको माओवादी आन्दोलन पनि तितरबितर बनेको थियो । अहिले कोकिन उत्पादन हुने क्षेत्रमा केही विद्रोहीले आफ्ना गतिविधि बढाए पनि लडाकु समूह पूर्णरुपमा कमजोर बनेको छ ।

माओवादबाट उत्प्रेरित गुरिल्ला समूहले जनयुद्धमार्फत पेरुको ‘बुर्जुवा प्रजातन्त्र’ समाप्त गरी कम्युनिस्ट राज्य स्थापनाको प्रयास गरेको थियो । साइनिङ पथले  सुरुमा निःशस्त्र आन्दोलन सुरु गरेको थियो ।

पाशविक द्धन्द्ध सुरु

१२ वर्षदेखि शासन गरेको पेरूको सेनाले सन् १९८० मा प्रजातान्त्रिक निर्वाचन गर्न अनुमति दिएपछि ‘टर्निङ पोइन्ट’ आएको थियो । साइनिङ पाथले निर्वाचन बहिस्कार मात्र गरेन् कतिपय क्षेत्रमा विथोल्ने प्रयास ग¥यो । कम्युनिष्ट राज्य स्थापना गर्नु सो समूहको उदेश्य थियो । तसर्थ, उसले प्रजातान्त्रिक निर्वाचप्रति खासै चासो देखाएन । बरु पेरुका ग्रामिण क्षेत्रलाई कब्जा गरी आफ्नो शासन चलायो र आफ्ना बिरोधीको  हत्या गर्न थाल्यो । शृंखलाबद्ध बिस्फोट र हत्याका घटनाले सन् १९८० को दशकमा सरकार यो समूहसँग झन्डै घुडाँ टेकेको थियो । तर, १९९२ गोन्जालोको पक्राउपछि समूह कमजोर बनेको थियो ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img
spot_img

याे पनि पढ्नुस्