जनता समाजवादी पार्टीले सरकारले घोषणा गरेकाे संविधान दिवस (असाेज ३) मा भाग नलिने भएकाे छ । बरु संविधान दिवसकाे विराेध गर्ने जसपाकाे अडान छ ।
जसपाका अध्यक्ष उपेन्द्र यादवले शनिबार एक प्रेस विज्ञप्ति जारी गरी संविधान दिवसमा सहभागी नहुने जानकारी गराएका हुन् ।
संविधानका धेरै धाराहरुमा विभेदकारी प्रावधानहरु राखिएको हुँदा सरकारले घोषणा गरेको संविधान दिवस २०७८ मा भाग नलिने जसपाले जनाएकाे हाे ।
संविधान दिवसका दिन जसपाले काठमाडाैंकाे बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा दिउँसाे २ बजे संविधान संशोधनको आवश्यकता विषयक अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ ।
संविधान संशोधनद्वारा संविधानका त्रुटिपूर्ण प्रावधानहरु परिवर्तन गर्न दबाब दिने उदेश्यले संविधान दिवसका दिन उक्त कार्यक्रम आयोजना गर्न लागिएको जसपाले जनाएको हो ।