जसपामा दलित (शिल्पी)हरुको समानुपातिक प्रतिनिधित्व नभए विद्रोह गर्छु : कामी

जनता समाजवादी पार्टी (जसपा)का केन्द्रीय सदस्य तथा शिल्पी विशेष प्रदेश राष्ट्रिय समितिका अध्यक्ष दलमर्दन कामीले पार्टीभित्र शिल्पी (दलित)हरुकाे समानुपातिक प्रतिनिधित्व नगरे आफूले विद्राेह गर्ने चेतावनी दिएका छन् ।

उनले जसपा पनि कांग्रेस, एमाले र माओवादीजस्ताे एउटै जातिकाे बर्चश्व भएकाे पार्टी बने आफूले विद्राेह गर्ने बताए ।

शनिबार सुनसरीकाे इटहरीमा सम्पन्न शिल्पी विशेष प्रदेश राष्ट्रिय समितिकाे बैठकमा उनले सबै जातजाति र समुदाय रहेकाे नेपाली इन्द्रेणी समाजलाई नेपालका पुराना पार्टीहरुले सम्बाेधन गर्न नसकेकाे र अहिलेसम्म दलित समुदायमाथि विभेद कायम रहेकाे बताए ।

उनले जसपाकाे केन्द्रदेखि स्थानीय तहसम्मका समितिहरुमा शिल्पीहरुकाे समानुपातिक प्रतिनिधित्व हुनुपर्ने बताए ।

नरेश विश्वकर्माकाे अध्यक्षता र दलमर्दन कामीकाे प्रमुख आतिथ्यमा भएकाे बैठकले पार्टीद्वारा सञ्चालित संगठन सुदृढीकरण तथा जनजागरण अभियान (सुज अभियान)लाई प्रभावकारी बनाउने निर्णय गरेकाे छ ।

जसका लागि शिल्पी विशेष प्रदेश राष्ट्रिय समितिका उपाध्यक्ष ज्ञानकुमार परियारकाे संयाेजकत्वमा सदस्यसचिव तथा समाजवादी शिल्पी (दलित) मुक्ति संगठन प्रदेश नं १ का अध्यक्ष वालकुमार मुदेल, सदस्यहरुमा गाेमा भूसाल (झापा), नरेश विश्वकर्मा (सुनसरी), धनिकलाल खत्वे (सुनसरी), माेहन विक (उदयपुर), बुद्ध बराइली (झापा), मनकुमार विक (झापा), तिलक मुदेल (खाेटाङ) शाेभा हरिजन (माेरङ) र मणिराम घतानी (सुनसरी) लगायत रहेकाे ११ सदस्यीय सचिवालय पनि गठन गरिएकाे छ ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्