Wednesday, March 29, 2023

क्रान्तिकारी माओवादी राजतन्त्र ब्यूँताउने पक्षमा छैन

नेकपा क्रान्तिकारी माओवादीले आफ्नो पार्टी राजतन्त्र ब्यूँत्याउने पक्षमा नरहेको जनाएकाे छ ।

पार्टीका महासचिव मोहन वैद्यले केही दिनअघि याेहाे टेलिभिजनसँगकाे अन्तर्वार्तामा देशको स्वाधीनताको रक्षाका लागि राजासँग पनि मिलेर अघि बढ्न सकिने र राजतन्त्रबारे सल्लाह गर्न सकिने बताएका थिए ।

महासचिव वैद्यकाे उक्त भनाइलाई क्रान्तिकारी माओवादीले नेपालमा राजतन्त्र फर्काउन चाहेकाे अर्थमा केही अनलाइन सञ्चारमाध्यमले समाचार बनाएका थिए । साेपछि सामाजिक सञ्जालबाट वैद्यकाे विराेध गरिएकाे थियाे ।

पार्टी महासचिवकाे भनाइलाई बङ्ग्याएर गलत तरिकाले प्रचार गरिएकाे भन्दै मंगलबार पार्टीका प्रवक्ता प्रतिकले एक विज्ञप्ति जारी गरी आफ्नो पार्टी राजतन्त्र ब्यूँत्याउने पक्षमा नरहेको बताएका हुन् ।

पार्टीले लिएको देशभक्तिपूर्ण अडानबाट आत्तिएकाहरुले गलत प्रचार गरेको उनकाे आरोप छ ।

विज्ञप्तिमा भनिएको छ, ‘यो लाञ्छना एमसीसीको विरोध, भारतीय विस्तारवादी शासकवर्गले अतिक्रमण गरेको लिपुलेक, कालापानी तथा लिम्पियाधरा क्षेत्र नेपाललाई फिर्ता लगायतका राष्ट्रिय स्वाधीनतासँग सम्बन्धित विषयहरुमा केन्द्रित रही हाम्रो पार्टी नेतृत्व गर्दै आएको देशभक्तिपूर्ण आन्दोलनबाट विक्षिप्त भएका अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादका दलालहरूको पराजित मानसिकताबाट उब्जिएको आक्रोशको अभिव्यक्ति हो ।’

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्