Saturday, April 1, 2023

जसपा नेता भन्छन्– ‘सीके राउत अराजकता र सस्तो लोकप्रियताको बाटोमा लागे’

जनता समाजवादी पार्टीका कार्यकारिणी समिति सदस्य डम्बर खतिवडाले सीके राउत अराजकता र सस्तो लोकप्रियताको बाटोमा लागेको टिप्पणी गरेका छन् ।

राउत नेतृत्वको जनमत पार्टीले बिहीबार खानेपानी तथा ढल निकास कार्यालय जनकपुरधामका निमित्त प्रमुख राजेश कुशवाहालाई अर्धनग्न बनाएर हिलो दलेर अपमान गर्दै नगर घुमाएपछि सोबारे सामाजिक सञ्जाल फेसबुकमा टिप्पणी गर्दै खतिवडाले उक्त कुरा बताएका हुन् ।

‘नासाको वैज्ञानिक भन्ने सुनेथे, मधेस भिन्नै देश बनाउँछु भन्थे, गान्धी र मण्डेलासँग तुलना गर्थे आफूलाई, दुईचार वर्ष जेल बस्नुपर्ने डरले सातो उडेथ्यो, ओली सरकारसँग आत्मसमर्पण गरेपछि सीके राउतजीको हैसियत र मनोविज्ञान बुझिएकै थियो,’ उनले लेखेका छन्, ‘अब अराजकता र सस्तो लोकप्रियताको बाटोतिर लागेछन् । यस्ता कुकर्मले विधिको शासन स्थापित हुने हैन राउतजी ! कुछ समझ मे आया ?’

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्