Wednesday, March 29, 2023

स्थानीय चुनाव वैशाख १४ गते गर्न प्रस्ताव

निर्वाचन आयोगले वैशाख १४ गते र २२ गते स्थानीय तहको निर्वाचन गर्न सरकारसमक्ष प्रस्ताव गरेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवासहित मन्त्रीहरूसँग शुक्रबार छलफल गरेको निर्वाचन आयोगले पहिलो चरणमा वैशाख १४ गते र दोस्रो चरणको २२ गते निर्वाचन गर्न सरकारसमक्ष प्रस्ताव गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।

स्थानीय तहका पदाधिकारीको पदावधि जेठ ५ गते सकिन लागेको र स्थानीय तह सञ्चालन ऐनअनुसार पदावधि सकिनु २ महिनाअघि निर्वाचन गरिसक्नुपर्ने व्यवस्था रहेको पौडेलले जारी गरेको विज्ञप्तिमा स्मरण गराइएको छ ।

विज्ञप्तिमा भनिएकाे छ, ‘सम्पूर्ण सुरक्षा व्यवस्था मिलाई सबै स्थानीय तहको निर्वाचन एकै दिन गर्नु उपयुक्त हुने हुँदा २०७९ वैशाख १४ गते बुधबारका लागि निर्वाचनको मिति तोक्न उपयुक्त हुने र यदि कुनै कारण एकै दिन निर्वाचन गर्न सम्भव नभए पहिलो चरणको वैशाख १४ गते र दोस्रो चरणको वैशाख २२ गते निर्वाचन गर्न सकिने व्यहोरा प्रमुख निर्वाचन आयुक्त थपलियाले जानकारी गराउनुभएको थियो ।’

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्