किसान आन्दोलनमाथि दमन नगर्न राजेन्द्र महतोको चेतावनी

लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले किसान आन्दोलनका क्रममा पक्राउ परेका किसानहरुलाई तत्काल रिहाइ गर्न माग गरेका छन् ।

नेता महताेले शनिबार एक प्रेस विज्ञप्ति जारी गरी सरकारले किसान आन्दाेलनमाथि दमन गरेकाे भन्दै भर्त्सना समेत गरेका छन् ।

उनले वार्ता र संवादबाटै किसानहरुको माग पूरा गर्न सरकारसँग आग्रह गरेका छन् ।

‘किसानहरु सडकमा उत्रिए पनि सरकारले उचित व्यवस्थापन सहितको संवाद नगरी दमनमा उत्रिएको देख्दा सरकारको किसान विरोधी मानसिकता उजागर भएको छ,’ महताेले जारी गरेकाे विज्ञप्तिमा भनिएको छ, ‘वर्षोंदेखिको समस्याहरु लिएर चिसो मौसममा किसानहरु सडकमा उत्रिन बाध्य भएकोमा किसानहरुको मागको समर्थन र आन्दोलनप्रति ऐक्यबद्धता व्यक्त गर्दै पक्राउ परेका किसान नेताहरुलाई तत्काल रिहा गरी वार्ता संवादमार्फत किसानहरुको माग पुरा गर्न सरकारसँग अनुरोध गर्दछु । आन्दोलनका क्रममा घाइते भएका किसानहरुको शीघ्र स्वास्थ्य लाभको कामनासहित उपचारको व्यवस्था नेपाल सरकारलाई गर्न आग्रह गर्दछु ।’

मलखाद, बिउबिजन, सिंचाई, उखु किसानको भुक्तानी लगायतका माग राखेर तराईमा दुई सातादेखि किसानहरु आन्दोलित भएका छन् ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img
spot_img

याे पनि पढ्नुस्