नेकपा एमाले र नेकपा माओवादी केन्द्रकाे एकता गरी बनाइएकाे नेकपा फुटाउने भूमिका निभाएका ऋषि कट्टेललाई उनकाे पार्टीले निष्कासन गरेकाे छ ।
कट्टेल नेकपाका अध्यक्ष हुन् । नेकपाका कार्यवाहक अध्यक्ष लाेकनारायण सुवेदीले कट्टेललाई गत माघ १३ गतेकै मितिदेखि लागू हुने गरी निष्कासन गरिएकाे विज्ञप्ति निकालेका छन् ।
कट्टेलमाथि पार्टीको विधानविपरीत दलकाे अहित हुने काम गरेको आरोप लागेपछि गत माघ ५ गते छानविन समिति गठन गरिएको र छानविन समितिले माघ ७ गते मागेको स्पष्टीकरणको जवाफ नदिएको हुनाले उनलाई निष्कासन गरिएकाे विज्ञप्तिमा उल्लेख छ ।
एक वर्षअघि केपी ओली नेतृत्वकाे एमाले र पुष्पकमल दाहाल नेतृत्वकाे माओवादीकाे एकता गरी नेकपा बनाइएकाे थियाे ।
तर, नेकपा नामकाे पार्टी पहिल्यै कट्टेलकाे अध्यक्षमतामा निर्वाचन आयाेगमा दर्ता गरिएकाे थियाे ।
ओली र दाहालले बलमिच्याइ पाराले नै नेकपा नाम राखेर पार्टी चलाउन खाेजेपछि कट्टेल न्याय माग्न अदालत पुगेका थिए ।
अदालतले कट्टेल नेतृत्वकाे नेकपालाई मान्यता दिएकाे थियाे भने साेपछि नेकपा नै फुटेकाे थियाे ।
कट्टेलले भने आफूलाई कारबाही गरिएको विज्ञप्ति बतासे विज्ञप्ति रहेको बताएका छन् ।