जातीय–वर्गीय मुक्तिको मोर्चामै हुनेछ : राष्ट्रियसभा सदस्य मगर

राष्ट्रियसभा सदस्य सुरेश आले मगरले आदिवासी जनजातिहरुको आन्दोलनको मोर्चामा आफू पनि सँगै हुने बताएका छन् ।

गत माघ १२ गते भएको राष्ट्रियसभा सदस्यको निर्वाचनमा निर्वाचित भएपछि शुक्रबार नेपाल आदिवासी जनजाति महासंघका पदाधिकारीहरुले बधाई दिएपछि महासंघका संस्थापक महासचिवसमेत रहेका उनले आफू आदिवासीहरुको सडक आन्दोलनको मोर्चामा सँगै रहने बताएका हुन् ।

महासंघका उपाध्यक्ष गोविन्द छन्त्यालकाअनुसार मगरले आफूलाई सदनको मोर्चामा जिम्मेवारी थप भएको र अब पनि जातीय र वर्गीय मुक्तिको संघर्षको मोर्चामै हुने बताएका हुन् ।

पाँच दलीय गठबन्धन बनाएर चुनाव लड्दा मगर नेकपा माओवादी केन्द्रबाट उठेका थिए । उनी माओवादी केन्द्रकै नेता पनि हुन् ।

उनलाई महासंघका अध्यक्ष जगत बराम, उपाध्यक्ष गोविन्द छन्त्यालका साथै पूर्वमहासचिव डा. ओम गुरुङ, पूर्वअध्यक्ष पासाङ शेर्पा, पूर्वसचिव भक्तबहादुर दुरा, दुरा समाजका अध्यक्ष देव दुरालगायत महासंघका पदाधिकारीहरुले खादा लगाइदिएर बधाई तथा सफल कार्यकालको शुभकामना दिएका हुन् ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्