माओवादी र जसपाबाट निर्वाचित गाउँपालिका अध्यक्ष एमालेमा प्रवेश

माओवादी केन्द्र र जनता समाजवादी पार्टीबाट निर्वाचित दुई जना गाउँपालिका अध्यक्ष नेकपा एमालेमा प्रवेश गरेका छन् ।

रुपन्देहीस्थित ओमसतिया गाउँपालिकाको अध्यक्ष हिरा केवट र उपाध्यक्ष सुन्दरमती हरिजन र रोहिणी गाउँपालिकाका अध्यक्ष सनोजकुमार यादव साेमबार एमालेमा प्रवेश गरेका हुन् ।

केवट र हरिजन माओवादीबाट निर्वाचित भएका हुन् भने यादव जसपाबाट ।

उनीहरुलाई एमाले उपाध्यक्ष विष्णु पौडेलले स्वागत गरेका छन् । तीन नेताका साथमा स्थानीय कार्यकर्ताहरु समेत एमालेमा प्रवेश गरेका छन् ।

एमाले रुपन्देहीका अध्यक्ष तेजेन्द्र केसीका अनुसार ओमसतियाको सिंगो माओवादी कमिटी एक हजार २०० सदस्यसहित एमालेमा प्रवेश गरेका छन् ।

साे क्रममा एमाले उपाध्यक्ष पौडेलले आगामी स्थानीय तहको निर्वाचनमा बहुमत स्थानमा जित हासिल गर्ने दाबी गरे ।

उनले भने, ‘२०७४ सालमाजस्तै एमालेको देशव्यापी जनलहर बढेको छ, यसबाट आगामी निर्वाचनमा बहुमत स्थानमा विजयी हुने संकेत देखिएको छ ।’

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्