Wednesday, May 31, 2023

जसपा नेता गम्बु शेर्पाको आत्मवृतान्त ‘फर्किएका पाइला’ सार्वजनिक

जनता समाजवादी पार्टीका नेता तथा गायक गम्बु शेर्पाको आत्मवृतान्त ‘फर्किएका पाइला’को लोकार्पण गरिएको छ ।

शनिबार काठमाडौंको मैजुबहालस्थित ज्योति पार्टी प्यालेसमा आयोजित समारोहमा जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईसहितका नेता तथा अतिथिहरुको हातबाट उक्त कृतिको लोकार्पण गरिएको हो ।

ओखलढुंगा कला साहित्य समाजले आयोजना गरेको उक्त कार्यक्रममा जसपाका नेता तथा कार्यकर्ताहरुको उपस्थिति थियो ।

ओखलढुंगा घर भएका गम्बु शेर्पा जसपाका स्थानीय प्रभावशाली नेता मानिन्छन् । राजनीतिको साथै कलाकारिता क्षेत्रमा उनको बेग्लै पहिचान छ ।

सो अवसरमा ‘पसी शेर्पा ट्रष्ट’को पनि औपचारिक घोषणा गरिएको थियो ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्