Friday, December 9, 2022
15.9 C
Diktel

पार्टीकाे बैठक स्थलमा ‘नो एमसीसी’ लेखिएको प्ले कार्ड बोकेर धर्ना दिऔं : बस्नेत

जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य पूर्ण बस्नेतले पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठक चलिरहेका बेला बाहिर ‘नो एमसीसी’ लेखिएको प्ले कार्ड लिएर धर्ना दिनुपर्ने बताएका छन् ।

जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक भोलि (फागुन १३ गते) ललितपुरको बालकुमारीस्थित पार्टी केन्द्रीय कार्यालयमा हुँदैछ ।

भित्र बैठक चलिरहेका बेला बाहिर नो एमसीसी लेखिएको प्ले कार्डसहित धर्ना दिएर नेताहरुलाई एमसीसीको विपक्षमा निर्णय गर्न दबाब दिनुपर्ने बस्नेतको भनाइ छ ।

उनले सामाजिक सञ्जाल फेसबुकमा भनेका छन्, ‘नोम एमसीसी लेखिएको प्ले कार्डसहित फागुन १३ गते बस्ने जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठकस्थल बाहिर धर्ना दिऔं ।’

जसपाका अधिकांश नेता तथा कार्यकर्ताहरु एमसीसीको विपक्षमा उभिनुपर्नेमा देखिएका छन् । उनीहरुले सामाजिक सञ्जाल र विभिन्न माध्यमबाट एमसीसीविरुद्ध बोलिरहेका छन् ।

जसपाभित्र पछिल्लो समय सिर्जना भएको विवादको एक प्रमुख कारण एमसीसी हो ।

जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई एमसीसीको पक्षमा वकालत गर्दै आएका छन् । उनी निकट केही नेता कार्यकर्ताहरुले पनि सामाजिक सञ्जालबाट एमसीसीको पक्षमा धारणा राखिरहेका छन् ।

तर केन्द्रीय समितिका अध्यक्ष उपेन्द्र यादव मौन देखिएका छन् । एमसीसीबारे यादवको रणनीति प्रष्ट छैन ।

जसपाका वरिष्ठ नेता अशोक राईले नेपालको हितविपरीत सर्त रहेको एमसीसी संशोधन भए लिन सकिने तर संशोधन नभए लिन नहुने धारणा पहिल्यै राखेका थिए ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्