बलात्कारकाे अभियाेगमा एमाले सांसद बानियाँ पक्राउ

नेकपा एमालेका सांसद मोहन बानियाँ जबरजस्ती करणीकाे अभियोगमा पक्राउ परेका छन् ।

बानियाँलाई नेपालगञ्ज विमानस्थलबाट पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम् डिएसपी मधुसुदन न्यौपानले बताए ।

जुम्लाका एक महिलाले बाँकेस्थित होटल अप्सरामा सांसद बानियाँले जबरजस्ती करणी गरेको भन्दै प्रहरी कार्यालयमा जाहेकरी दिएकी थिइन् ।

डिएसपी न्यौपानेका अनुसार बानियाँलाई जिल्ला प्रहरी कार्यालय बाँकेमा राखिएको छ । र, प्रहरीले अनुसन्धान सुरु गरेकाे छ ।

पीडित महिलाले पूर्वमन्त्री समेत रहेका बानियाँले पैसा दिन्छु भनेर होटेलमा बोलाएर जबरजस्ती करणी गरेको जोहेरीमा उल्लेख गरेकी छन् ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्