अमेरिकाले व्याख्यात्मक घोषणा स्वीकार गर्याे भनेर जनतालाई किन ढाट्दैछन् नेताहरु ?

राजनीतिक विश्लेषक प्रा.डा. युवराज संग्रौलाले अमेरिकाले व्याख्यात्मक घोषणासहितको एमसीसी स्वीकार गरेको भनेर जनतालाई नढाड्न नेताहरुलाई आग्रह गरेका छन् ।

उनले केही नेताहरुले अमेरिकाले व्याख्यात्मक घोषणासहितको एमसीसी स्वीकार गरेको भनी प्रचार गरेको भन्दै जनतामाथि छलकपट नगर्न आग्रह गरेका छन् ।

नेपालले व्याख्यात्मक घोषणासहितको एमसीसी संसदबाट पास गरेको विषयलाई अमेरिकाले ‘जानकारीमा लिइयो’ मात्रै भनेको संग्रौलाले बताए ।

‘हल्ला त व्याख्यात्मक घोषणा एमसीसी अमेरिकाले स्वीकार गर्यो भनेर केही नेताले नै गरेछन् । लेखिएको के रहेछ भने ‘नेपालको संघीय संसदले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशनको ५०० मिलियन डलरको सम्झौता पारित गरेको कुरा जानकारीमा लिइयो’ । नेपालका तीन वामपन्थी पार्टीले खुलेर हामीले एमसीसीको सम्झौता मान्यौं भने हुन्छ नि, छलकपट किन ?,‘ उनले फेसबुकमा लेखेका छन्, ‘व्याख्यात्मक घोषणालाई अमेरिकाले स्वीकार गर्यो भनेर जनतालाई किन छल्नु ? एकनलेज भनेको जानकारी भयो भनेको हो ।’

उनले अमेरिकाले जारी गरेको प्रेस रिलिज समेत राख्दै उक्त अंग्रेजीमा लेखिएको कुरा राम्ररी पढ्न अनुरोध गरेका छन् ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्