Thursday, September 28, 2023

लाेसपाका नेता राजेशमान सिंह जसपामा प्रवेश

वीरगञ्जका चर्चित नेता राजेशमान सिंह जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन् । लोकतान्त्रिक समाजवादी पार्टी परित्याग गरी उनी जसपामा प्रवेश गरेका हुन् ।

आज वीरगञ्जमा आयोजित पार्टी प्रवेश कार्यक्रममा जसपाका केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई लगायत नेताले सिंहलाई पार्टीमा स्वागत गरे ।

उनका साथमा हजारौ कार्यकर्ताहरु जसपामा प्रवेश गरेको मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको प्रेस संयोजक आतिश मिश्रले जनाए ।

सिंह लोसपा परित्याग गरी एमालेमा जाने तयारीमा थिए ।

तर एमालेले आफूलाई भन्दा अगाडि वीरगञ्ज महानगरका मेयर समेत रहेका विजय सरागवीलाई पार्टी प्रवेश गराएपछि उनी जसपामा प्रवेश गरेका हुन् ।

कृपया, साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरेर लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्