जसपा सांसद प्रमोद साहमाथि सांघातिक आक्रमण

जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य तथा संघीय सांसद प्रमोद साहमाथि सर्लाहीमा सांघातिक आक्रमण भएको छ ।

सांसद साहमाथि आज बिहान पार्टी कामको सिलसिलामा सर्लाहीको ईश्वरपुरमा नेकपा एमालेका कार्यकर्तासहितको समूहले सांघातिक आक्रमण गरेको बताइएकाे छ ।

जसपा केन्द्रीय सदस्य पूर्ण बस्नेतका अनुसार सांसद साह गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं लगिँदैछ ।

साे घटनामा जसपाका अन्य नेता तथा कार्यकर्ताहरु पनि घाइते भएका छन् ।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img