नेपालकाे प्रथम सहिद लखन थापा हाेइनन्, बाकावीर हु्न् : एमाले अध्यक्ष ओली

बाकावीर पछि मात्रै लखन थापा

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लखन थापा मगर नेपालको प्रथम सहिद नभएकाे बताएका छन् ।

हिजाे एमालेनिकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) द्वारा आयोजित केन्द्रीय कमिटीको प्रथम बैठकमा अध्यक्ष ओलीले नेपालको पहिलो सहिद बाकावीर भएकाे बताए ।

ओलीले नेपालकाे पहिलो सहिदकाे बुझाइमा दोधारपन रहेकाे भन्दै बाकावीर राणाशासनविरुद्ध लडेर पहिलो सहिद भएकाे बताए ।

‘पहिलो सहिदकाे सम्बन्धमा कन्फ्युजन पनि छ । चर्चा नभएर पनि हो । बाकावीर नेपालको राजनीतिक जागरणको र स्वतन्त्र अधिकार प्राप्तिको पहिलो सहिद हुन्,’ उनले भने, ‘बैतडी बझाङ कतातिर हुन् बाकावीरले पहिलोपल्ट राणाशासनविरुद्ध लड्नुपर्छ भनेर सेना नै संगठित गरेका थिए र उनलाई पछि राणा शासनले गिरफ्तार गरेर हत्या गरेको थियो । र उनी पहिलो सहिद हुन् ।’

बाकावीरपछि मात्रै लखन थापा र योगमायाको विद्रोह भएकाे उनले बताए ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img
spot_img

याे पनि पढ्नुस्